भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
५८ पटक हेरिएको
Shares
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा

सारांश

  • काठमाडौं।
  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।
  • रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन्।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन्। उक्त प्रकरण संगठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ।

“यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ”, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक संगठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढंगले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …
म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
सुनको मूल्यमा प्रतितोला रु एक हजारले ह्रास
ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !
ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी !
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सुँगुरको मासु खाएका अर्का कैदी बिरामीको मृत्यु,
सुँगुरको मासु खाएका अर्का कैदी बिरामीको मृत्यु,
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?