सुनको मूल्यमा प्रतितोला रु एक हजारले ह्रास

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १०, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १० मङ्सिरः स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ ।
  • कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
  • प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो ।

काठमाडौँ, १० मङ्सिरः स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महास¬ङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?