भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।

सारांश

  • भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहट जिल्ला समितिको आयोजनामा भोलि भदौ ९ गते सोमबारदेखि भदौ १५ गते आइतबारसम्म रौतहट जिल्लाका विभिन्न स्थानमा जनजागरण कार्यक्रम सुरु हुने भएको छ।
  • जसपा नेपाल रौतहट जिल्लाको अध्यक्ष राजिव रंजन उर्फ राजू यादवका अनुसार भूमि विधेयक पारित हुन नदिन व्यापक जनमत निर्माण गर्ने उद्देश्यले जनजागरण अभियान सञ्चालन गर्न लागिएको हो।
  • उनले रौतहटबासीलाई कार्यक्रममा धेरै संख्यामा उपस्थित भई सहकार्य गर्न आग्रह गरेका छन्।

भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहट जिल्ला समितिको आयोजनामा भोलि भदौ ९ गते सोमबारदेखि भदौ १५ गते आइतबारसम्म रौतहट जिल्लाका विभिन्न स्थानमा जनजागरण कार्यक्रम सुरु हुने भएको छ।

जसपा नेपाल रौतहट जिल्लाको अध्यक्ष राजिव रंजन उर्फ राजू यादवका अनुसार भूमि विधेयक पारित हुन नदिन व्यापक जनमत निर्माण गर्ने उद्देश्यले जनजागरण अभियान सञ्चालन गर्न लागिएको हो। उनले रौतहटबासीलाई कार्यक्रममा धेरै संख्यामा उपस्थित भई सहकार्य गर्न आग्रह गरेका छन्।
जनजागरण कार्यक्रमको तालिका यस प्रकार रहेको छः

भदौ ९ गते – सुकदेव चौक
भदौ १० गते – गरुडा बजार
भदौ ११ गते – कटहरिया बजार
भदौ १२ गते – बंकुल बजार
भदौ १३ गते – गौर
भदौ १४ गते – चन्द्रपुर
भदौ १५ गते – गौर
जसपा नेपाल जिल्ला समितिका अनुसार, यी कार्यक्रमहरू मार्फत भूमि विधेयकको विरुद्धमा स्थानीय जनतालाई जागरूक बनाउँदै संघीय संसद्मा विधेयक रोक्न दबाब सिर्जना गर्ने योजना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?