रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।

सारांश

  • रुकुम ।
  • रुकुमका ३ वटै गाउँपालिकामा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ ।
  •   ३ वटा स्थानीय तहमा जम्मा २४ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म १४ हजार बढी मत खसेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

रुकुम । रुकुमका ३ वटै गाउँपालिकामा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ ।

३ वटा स्थानीय तहमा जम्मा २४ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म १४ हजार बढी मत खसेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

रुकुम २ गाउँपालिका प्रहरीको वाकीट्वाकीको भरमा

रुकुमका पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा सञ्चार सेवा नहुँदा निर्वाचन गतिबिधिको जानकारी लिन असहज भएको छ ।

२ वटै गाउँपालिकामा विगत १ महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । ती गाउँपालिकाका मतदान केन्ऽको गतिविधि बुझ्न प्रहरीको वाकीट्वाकीको प्रयोग भइरहेको छ ।

५ नं प्रदेश अन्तरगत पर्ने भुमे गाउँपालिकाका केही वडामा प्रहरीको रेडियो सेटले समेत काम नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेलफोन टावरको व्याट्री चार्जमा देखिएको समस्याले गर्दा टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम रुकुमले बताएको छ ।

बुधबार विहानसम्म ४ वटा मतदान केन्ऽमा सम्पर्क हुन नसके पनि अहिले भने सबै मतदान केन्ऽहरु सम्पर्क आइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म रुकुमका ३ वटै गाउँपालिकामा २० प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन अधिकारी कमल देवकोटो जानकारी दिए ।

सबै निर्वाचन केन्ऽहरुमा मतदान उत्साहजनक र शान्तीपूर्ण रुपमा भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।

५ नं. प्रदेशमा पर्ने रुकुमका सिस्ने, भूमे, र पुथा उत्तरगंगा गाउँपालिकामा एक सय ५६ पदका लागि ४ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । १ सय ६१ पद मध्य ६ वटा पदमा भने निर्विरोध भइसकेका छन् ।

जिल्लाका ६ वटा स्थानीय तहमा भने पहिलो चरणमा निर्वाचन भइसकेको छ ।

मध्यपहाडी राजमार्ग पनि बन्द

गएरातीको भारी वर्षाका कारण रुकुममा पर्ने मध्यपहाडी राजमार्गका विभिन्न ठाउँका सडकहरु पनि भत्किएका छन् ।

पूर्वी रुकुमको एकमात्र सडक सञ्जालको रुपमा रहेको मध्य पहाडी राजमार्ग अवरुद्ध भएपछि निर्वाचनको अनुगमन गर्न पनि गाह्रो भएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले बताए ।

रुकुमका दुर्गम पूर्वी भागमा रहेका केही मतदान केन्द्र रहेका ठाउँसम्म पुग्न पैदल ४ दिनसम्म लाग्ने गर्दछ ।

मत गणना आजै साँझबाट सुरु हुने

दोस्रो चरणमा निर्वाचन भएका रुकुमका तीन वटै स्थानीय तहको मत गणना आजै साँझ सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दण्डपानी न्यौपानेले बताए ।

मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ: प्रधानमन्त्री
नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ: प्रधानमन्त्री
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग
विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’
ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”