साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

सारांश

  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
  • शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
  • म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्य्विनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्य्विनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Dipika Kakar celebrates her first EID post wedding with Shoaib Ibrahim, see pics
Dipika Kakar celebrates her first EID post wedding with Shoaib Ibrahim, see pics
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै
भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै
आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि
आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि

तपाईंले छुटाउनुभयो कि?