भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
सारांश
- भोजपुर, मंसिर २३– प्रदेश नम्बर एकको मुख्यमन्त्रीका दावेदार एमाले नेता शेरधन राईले प्रतिस्पर्धिसँगको दूरी फराकिलो बनाउनु भएको छ ।
- भोजपुरको प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवारभन्दा शेरधन राई झण्डै तेब्बर मतले अगाडी हुनुहुन्छ ।
- पछिल्लो मतपरिणाम अनुसार शेरधनको २० हजार ३ सय ३४ मत पुगेको छ ।
भोजपुर, मंसिर २३– प्रदेश नम्बर एकको मुख्यमन्त्रीका दावेदार एमाले नेता शेरधन राईले प्रतिस्पर्धिसँगको दूरी फराकिलो बनाउनु भएको छ ।
भोजपुरको प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवारभन्दा शेरधन राई झण्डै तेब्बर मतले अगाडी हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार शेरधनको २० हजार ३ सय ३४ मत पुगेको छ । नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीको ७ हजार १ सय ५ मत छ ।
प्रतिनिधिसभा तर्फपनि वामगठवन्धनका उम्मेदवार माओवादी नेता सुदन किराती अगाडि हुनुहुन्छ । उहाँको १६ हजार ७ सय ६७ मत छ । कांग्रेसका उमेशजंग रायमाझीको ९ हजार ९ सय ३० मत छ ।
प्रदेशसभा क मा पनि एमाले नेता राजन राई प्रतिस्पर्धिभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । उहाँको १२ हजार २ सय ३८ मत छ भने संघीय समाजवादी फोरमका अजम्बर काङवाङको ६ हजार ९ सय ४२ मत छ ।
प्रतिक्रिया