विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
१७
|
२५ पटक हेरिएको
Shares
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित

सारांश

  • एमालेका पोलिटव्युरो सदस्य लालबाबु पण्डितले विराटनगरलाई महानगर बनाउन नदिने काँग्रेसका केन्द्रिय सदस्य डा.
  • शेखर कोइराला भएको आरोप लगाएका छन् ।
  • मंगलबार प्रेस सेन्टर र प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष काँग्रेस केन्द्रिय सदस्य कोइरालाले बाधा हालेर असफल बनाएको बताए ।

एमालेका पोलिटव्युरो सदस्य लालबाबु पण्डितले विराटनगरलाई महानगर बनाउन नदिने काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला भएको आरोप लगाएका छन् । मंगलबार प्रेस सेन्टर र प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष काँग्रेस केन्द्रिय सदस्य कोइरालाले बाधा हालेर असफल बनाएको बताए । उनले विराटनगरबाँसीको निरन्तरको संघर्षले मात्रै विराटनगर दोस्रो चरणमा महानगर बन्न सफल भएको बताए ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी पण्डितले आफू मन्त्री हुँदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर काँग्रेस नेता कोइरालाले आपत्ति जनाउँदै महानगर बन्न दिएनन् ।’

कोइराला पनि कांग्रेसको तर्फबाट ६ नम्बर क्षेत्रका प्रतिनिधिसभाका सदस्यका उम्मेदवार हुन् । पण्डित र कोइराला दुबै हेभिबेटका नेता भएकाले चरम प्रतिस्पर्धा हुने देखिएको छ ।

 

पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविस (हाल बुढीगंगा गाउँपालिका)का जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका साँसद थिए ।

हाल सुन्दरपुर नगरपालिकाका केही वडाहरुसमेत गाभिएर ६ नम्बर बनाएको क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरिरहेका कोइरालाले बुढीगंगा गाउँपालिकालाई अलग्गै नगरपालिका बनाउने आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

तर वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउँपालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुँदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’

उम्मेदवार पण्डितले आफूसँग चुनाव लड्ने पैसा नभएको तर आफ्नै क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । पण्डितले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिँदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’

नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । उनले भने,‘मलाई मधेशी, पहाडी, मुस्लिम सबैले माया गरेर भोट दिन्छन् । म चार हजार बढी मतले सहजै जित्छु ।’ पण्डितले आफू मधेश अलग्गै हुनुपर्छ भन्नेमा नभई ‘मधेश समृद्ध’ हुनुपर्छ भन्ने पक्षमा रहेको र मधेश आन्दोलनमा घाइते भएकाहरुको उपचारमा आफू पनि सक्रियताका साथ लागेको पनि बताए ।

सो क्षेत्रमा विराटनगरको ५, ६, ७ ९, ११ र १२ नम्बर र सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा रहेको छ । भने क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३२२ जना मतदाता छन् । यस क्षेत्रमा स्थानिय तहको मतपरिणाम अनुसार यो क्षेत्रमा लोकतान्त्रिक भन्दा वाम गठबन्धन बलियो रहेको छ ।

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Shyam Fayal

    Yi mahasaya pani KP kai padachinhama rahexan.

    Comment Author

    Kumar Thapa

    Timi ra timro party ko.kp ji dhankuta teke tehi rajdhani.itahari teke tehi rajdhani pagal jasto boldai hidne.pahile unlai roknus je payo tehi bolna ani matra aafno anti lai dos lagaunus.

    Comment Author

    Rishi Ghimire

    तहि चोर बिहारी ले बनाइस डाँका

    Comment Author

    Jayabhadra Dhakal

    बराेधकाे पनि सिमा हुनछ लाज नभए का लाई के भनने बिचरा शेखर सङग लडाइ दिए के पि ले

    Comment Author

    Rajendra Babu Dhakal

    के भनेको हो कालीमटीले ।जस्को रक्तसंचार भाको ठाऊमा।अझै झुटकै खेती, कति पत्याउनु जनताले।

    Comment Author

    Ram Prasad Dahal

    hoare maile pani sune ko

    Comment Author

    Bishnuhari Tripathi

    स्थानीय तह थप्न नदिने एमाले हाे भन्ने कुरा भुलेछन भुलक्ण ले।।

    Comment Author

    Benu Katuwal

    sahi ho

      Comment Author

      Santosh Dahal

      Sathi periodical plan ko indicator hernus……..data aafai bolxa k garexa k garena xa bhaner…….janta tapai jasto bhochad xainan……data herer tapai ko khilli udaudai xan ra bhandai xan….yasta bhochad le bolnu agadi kamti ma 1 palta nepal ko past ra present ko data rakher analysis garer bole ko bhaya huntgiyo……tyati garne ability na bhaya na bole hunthiyo

    Comment Author

    Rim Humagain

    हावा रे छ काले बादर

    Comment Author

    Kedar Bhandari

    Bhitrai k bahirai k

      Comment Author

      Om Thapa

      कालो !

    Comment Author

    Prabhash Parajuli

    तपाइ चाहे पहाडि हूनूस चाहे मधेसि त्यो कूनै मूद्दा हैन ।तपाइ आफनो उद्देशय मा निरन्तर अगाडि बढनूस । तपाई को जीत यो देस को लागी आवशयक छ।यो कूरा सायद बिराटनगरबासि हरूले राम्ररि बूझ्नूभयको छ।

    Comment Author

    Santosh Dahal

    Badhi bolyau lal babu pandit…….timi lai sodhe ko qstn ko ans ajhai aayan….xora xori kaha xan…..nepal ma ki bidesh ma…..pvt mahango school padhayau ki sarkari school…….jobless manxe le pvt school padhaune paisa kaha bata aayo….janta le janna khoje ana deu……honesty hola tara ethics rainaxa……boli matra ho timro ni kp ko jastai bebahar ta parsuram basnet palne nai raixa ta

    Comment Author

    Bhandari Kishan

    Laazai nalai bolna thalyo yo pani

    Comment Author

    Lalita Shreedhar Aryal

    Ramro manis jun party Ko bhaya pani jitnu par6

    Comment Author

    Kulbahadur Limbu

    Yo Manchi le 100 % Ramro kam Garchha Hami le vote Deyara jetaunu parchha .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?