भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय कार्यदल गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय  कार्यदल गठन

सारांश

  • काठमाडौँ ।
  • सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
  • उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन् ।

काठमाडौँ । सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा प्रा डा राजेन्द्रप्रसाद अधिकारी छन्। कार्यदल छ सदस्यीय छ ।

कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन् ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जीनियरिङ सेवा व्यवस्थापन (इञ्जीनियरिङ काउन्सिल)समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको अवधि एक महिनाको छ ।

सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
ट्रयाक्टरको ब्रेक फेल हुँदा १ को मृत्यु
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
अमेरिकी फौ*जद्वारा इस्ला*मिक स्टेटका प्रमुख मा-रिएको ट्रम्पद्वारा घोषणा
अमेरिकी फौ*जद्वारा इस्ला*मिक स्टेटका प्रमुख मा-रिएको ट्रम्पद्वारा घोषणा
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)