इन्स्टाविरोधी सेलेना

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
इन्स्टाविरोधी सेलेना

सारांश

  • काठमाडौँ, २६ माघ ।
  • अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले केही समयको तनावलाई विश्राम दिँदै भर्खरै मात्र नयाँ एल्बम ‘रेअर’ बजारमा ल्याइन् ।
  • उक्त एल्बमको एक गीत ‘लस यु टु लभ मी’ ले त बिलबोर्ड चार्टमा तहल्का नै मच्चाइदियो ।

काठमाडौँ, २६ माघ । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले केही समयको तनावलाई विश्राम दिँदै भर्खरै मात्र नयाँ एल्बम ‘रेअर’ बजारमा ल्याइन् । उक्त एल्बमको एक गीत ‘लस यु टु लभ मी’ ले त बिलबोर्ड चार्टमा तहल्का नै मच्चाइदियो । गायक जस्टिन बिबरसँगको लामो समयदेखिको प्रेमसम्बन्ध तोडिएपछि विक्षिप्त बनेकी सेलेनाले उक्त गीत बिबरका लागि नै जवाफ दिएर निकालिन् ।

गीतको सफलताले राहतको महसुस गरिरहेकी सेलेनाले हालै आफ्ना फ्यानहरूका केही सवालको जवाफ दिने कार्यक्रममा सहभागी जनाएकी छन् । जहाँ उनले पछिल्लो समय युवा पुस्तामाझ चर्चित बनिरहेको सामाजिक सञ्जाल इन्स्टाग्रामको खुलेर विरोध गरेकी हुन् । ‘अहिलेको युवा पुस्तामाझ इन्स्टाग्राम विशालु बनिरहेको छ,’ सेलेनाले डेज्ड म्यागाजिनले आयोजना गरेको सवाल जवाफको कार्यक्रममा बोल्ने क्रममा यसो भनेकी थिइन् । उनको प्रतिक्रियापछि एक फोटोग्राफरले सोधिहाले, ‘यदि यसो हो भने के तपाईंचाहिँ इन्स्टाग्रामबाट छुटकारा पाउन चाहनुहुन्छ रु’ जब कि सेलेना इन्स्टा क्विन पनि हुन् । १ सय ६७ मिलियनभन्दा बढी फलोअर्स बनाइसकेकी सेलेना विश्वकै सर्वा्धिक फलोअर कमाउने व्यक्तिमा पर्छिन् । पहिलो नम्बरमा गायिका एरिआना ग्रान्डे छिन् ।

प्रश्न तेर्सिनेबित्तिकै सेलेनाले छुटकारा पाउन चाहेको भन्दै हाँसिन् र भनिन्, ‘हे भगवान्, फेरि मैले छुटकारा पाउन खोजिरहेको बताएँ भने त मलाई मन नपराउने थुप्रै होलान् । त्यसैले सन्तुलित जवाफ दिने हो भने खुसीयाली बाँड्ने प्लेटफर्मका रूपमा यो यति ठिक छ । तर यदि मैले यसले मेरो पुस्ताका कतिपयको परिचय नै ध्वस्त पारिरहेको छ भनिनँ भने म झूट ठहरिनेछु ।’ सेलेनाले घुमाउरो पारामा इन्स्टाग्रामले युवा पुस्तालाई बिगारिरहेको जिकिर गरिन् ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग  !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई