भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान

सारांश

  • काठमाडौं, पुस ८ ।
  • सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान भएका छन् ।
  • चारो खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

काठमाडौं, पुस ८ । सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान भएका छन् । चारो खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोष को ८५ लाख रुपैयाँ भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको हो ।

अदालतले दोषी ठहर गरे लगत्तै प्रहरीले यादवलाई पक्राउ गरेको छ । यो काण्डमा यादवसहित १५ जनालाई दोषी देखिएका छन् ।

अदालतमा मुद्दा परेपछि यादवले बिहारको मुख्यमन्त्री र वित्त मन्त्री हुँदाका आफ्ना सबै फाइल कब्जामा राखेका थिए । यो मुद्दामा बिहारकै पूर्व मुख्यमन्त्री जगनाथ मिश्रसहित १९ जना मुछिएका थिए । अदालतले पूर्व मुख्यमन्त्री मिश्रसहित केही व्यक्तिलाई सफाइ दिएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Gb Chettri

    लालु आलु कैसन बाटे।

    Comment Author

    Durga Begha

    नेपालमा लाख होइन करोडौं भ्रष्टाचार गर्ने छ यिनिहरु लाई पनि जेल हाल्नु पर्छ छिटोछिटो गरेर

    Comment Author

    कृष्ण राउत निर्दोस

    Very good news

    Comment Author

    Bhattarai Bhawani Prasad

    यो प्रकरण नेपाल मा पनि दोहोरिछ । ढुक्क हुनुहोस दिन आउँछ कुनै बेला नेपालमा पनि कनुनी राज्य स्थापित भएरै छाड्छ !

    Comment Author

    Ganesh Karki

    हाम्रो देशको मान्छेको चारा घोटाला कान्डपनि निस्कीन्छ क्याहो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?