२२ एसपी एसएसपीमा बढुवामा- को को परे नाम सहित
सारांश
- काठमाडौं, बैशाख २६ – नेपाल प्रहरीका २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ।
- मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठक बढुवा सिफारिस गरेको हो।
- एसएसपीमा २३ पद रिक्त भएपनि ४ वर्ष पुगेका एसपीहरु २२ जना मात्र भएपछि रिक्तभन्दा थोरै बढुवा सिफारिस गरिएको हो।
काठमाडौं, बैशाख २६ – नेपाल प्रहरीका २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठक बढुवा सिफारिस गरेको हो।
एसएसपीमा २३ पद रिक्त भएपनि ४ वर्ष पुगेका एसपीहरु २२ जना मात्र भएपछि रिक्तभन्दा थोरै बढुवा सिफारिस गरिएको हो। एसएसपी बढुवाका लागि एसपी भएको ४ वर्ष हुनुपर्ने प्रावधान छ।
पहिलो नम्बरमा राजेन्द्र ढकाल तथा दोस्रो नम्बरमा सहकुल थापाको बढुवा भएको छ।
त्यस्तै अरुण बिसी, प्रकाश अधिकारी, सुशिलकुमार यादब, मुकुन्दराज आचार्य, शरद खत्री, हरिराज वाग्ले र दिलिप बस्नेतको बढुवा सिफारिस भएको छ।
त्यस्तै पूजा सिंह विभूतीराज पाण्डे, बिक्रमबहादुर चन्द, भोजजंग शाह, नलप्रसाद उपाध्याय, देब बहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउन आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ एसएसपी बढुवामा सिफारिस भएका हुन्।
प्रतिक्रिया