धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चलन गर्न निर्देशन दिएका छन् ।
  • मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चलन गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।

‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर…’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । गाडी चढेर हिँड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन ।’ उनले मै बनाउँछु मेरो धरहरा क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकोले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

‘त्यो लिफ्ट किन खिया लागेर बस्न दिने रु दुईदुईवटा लिफ्ट छ त्यहाँ । जवानहरूलाई भर्‍याङ छ । बुढाबुढीलाई लिफ्ट छ । अनि किन सञ्चालन नगर्ने रु कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने । उनले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू लेउ पलाएर राख्न नहुने भन्दै भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याएर आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?