भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
१८ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

सारांश

  • काठमाडौं ।
  • विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।
  • बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

काठमाडौं । विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ। बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ।

११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत दोषी ठहर गरेको थियो।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो। यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए।

पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?