डेरामै नक्कली नोट छापेको भेटिएपछि…
सारांश
- पोखरा ।
- जिल्ला प्रहरी कार्यालय कास्कीले डेरामै नक्कली नोट छाप्दै गरेका दुई जनालाई पक्राउ गरेको छ ।
- वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडाका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामीलाई पक्राउ गरेको हो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले डेरामै नक्कली नोट छाप्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडाका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पोखरा महानगरपालिका पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको अर्मलास्थित एक किराना पसलमा एक हजारको नोट दिएर सयको एनसेलको रिचार्ज कार्ड खरीद गरेका थिए । पसलेले नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एकएक थानसहित एक हजार दरका १९ थान नक्कली नोट, एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र १ हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला पारेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया