मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
२९ पटक हेरिएको
Shares
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस

सारांश

  • सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिरअघि नै संघीय संसदको चुनाव हुनसक्ने बताएका छन् ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघिनै संघीय संसदको निर्वाचन गर्नुपर्ने बताए ।
  • नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद सुचारु नभएको अवस्थामा सघीय निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गरे ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंसिरअघि नै संघीय संसदको चुनाव हुनसक्ने बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघिनै संघीय संसदको निर्वाचन गर्नुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसद सुचारु नभएको अवस्थामा सघीय निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गरे ।

पौडेलले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

महामन्त्री गगन थापाले एमालेले संसद चल्न दिएन भने मंसिर अघिनै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने दाबी गरे । उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काँग्रेसनै मुलुकको भरोसा भएको बताए। उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गरे ।

कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गरे । प्रचण्ड, माधव नेपालहरूलाई चमेराको संज्ञा दिँदै उनीहरूले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन
हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन
हाइहाई नेपाल बाइबाई कोरोना
हाइहाई नेपाल बाइबाई कोरोना
आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित
सैफ करिना पुत्रलाई फिल्म खेल्न १ करोड !
सैफ करिना पुत्रलाई फिल्म खेल्न १ करोड !
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु  : घर्ती
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : घर्ती
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?

तपाईंले छुटाउनुभयो कि?