गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ

सारांश

  • ताप्लेजुङ, ८ साउन ।
  • ताप्लेजुङको फुङलिङ नगरपालिका–९, गुप्तेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी टोलीले सिरिजंघा–३, सिकैच घर भई फुङलिङ–९ बस्ने १८ वर्षीय राम बिक र उनकै भाइ १६ वर्षीय प्रेम बिकलाई पक्राउ गरीएको हो।

ताप्लेजुङ, ८ साउन । ताप्लेजुङको फुङलिङ नगरपालिका–९, गुप्तेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले सिरिजंघा–३, सिकैच घर भई फुङलिङ–९ बस्ने १८ वर्षीय राम बिक र उनकै भाइ १६ वर्षीय प्रेम बिकलाई पक्राउ गरीएको हो। गोरु काटेर मासु टुक्र्याइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मासुसहित पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा राखिएको छ।

यस्तै सुन्दर– हरैचा नगरपालिका–२ घर भई इटहरी उप–महानगरपालिका–४ बस्ने २१ वर्षीय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका–७ का ३६ वर्षीय मोहनप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। हरिणको सिकार गरी टुक्रा पारेर को१ज २४८५ नम्बरको म्याजिक भ्यानमा राखिएको अवस्थामा दुवैलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी कानेपोखरीले जनाएको छ।

पक्राउ परेकामध्ये चौधरी म्याजिकका चालक हुन्। बरामद गाडी र मासुसहित दुबैजनालाई आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय कानेपोखरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?