कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, विधान मस्यौदामाथि छलफल हुने

सारांश

  • काठमाडौं ।
  • नेपाली काँग्रेसको आज मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठक बस्दैछ ।
  • वैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ।

काठमाडौं । नेपाली काँग्रेसको आज मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । वैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ। नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई सङघीय ढाँचामा लैजानका लागि बल्ल विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो।

बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल विद्यार्थी संघको महाधिवेशनका विषयमा बैठक केन्द्रित हुनेछ।

उनका अनुसार आगामी मङ्सिर ५ बाट सुरु हुने तय भएको महासमिति बैठक विविध कारणले केही दिन सार्नुपर्ने अवस्था आएको हो। ‘विधान मस्यौदा समितिले दसैं अगाडि नै मस्यौदा तयार गरेको भए सजिलो हुने थियो तर गहन छलफल गर्दागर्दै केही दिन ढिला भएको छ’, उनले भने। केन्द्रीय सदस्यलाई विधानको मस्यौदा दिएपछि अध्ययनका लागि पाँच दिनको समय दिने र केन्द्रीय समितिको बैठकमा झण्डै ९० जना नेताले आफ्नो राय सुझाव दिन समय दिनुपर्ने तथा आएका

सुझावलाई विधान मस्यौदामा समावेश गर्न पनि समय लाग्ने भएको छ।
बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशनको मितिबारे छलफल हुने सम्भावना छ । सङघको दुई वर्षे कार्यकाल सकिएर तीन महिनाको अवधिमा पनि महाधिवेशन हुन नसकेपछि अब के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

तपाईंले छुटाउनुभयो कि?