मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो

सारांश

  • काठमाडौं, २८ कार्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।
  • आजको बैठकमा पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसूचि बनाएर छलफल गर्ने र निश्कर्ष निकालिने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं, २८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आजको बैठकमा पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसूचि बनाएर छलफल गर्ने र निश्कर्ष निकालिने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनले भने,”पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसुचि बनाएर छलफल गर्ने निश्कर्ष निकालियो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भ, पर्सा र कर्णाली घट्नाक्रम, कोभिड नियन्त्रण, उपचार र त्यसले पैदा गरेको आर्थिक संकटको बारेमा छलफल गर्ने, यस बिचमा पार्टी र सरकार बीच उठेको विषय खासगरी गोयलको नेपाल भ्रमणको विषयमा छलफल अगाडि बढाउने तय भयो । बैठकको आवश्यकत्ता महशुसर गर्दै कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्यहरुले केपी ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र र त्यसको जवाफमा प्रचण्डलाई प्रधानमन्त्री ओलीले लेखेको पत्र, उक्त पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई लेखेको पत्र, पार्टीको संकट र निवारणको सन्दर्भमा प्रचण्डले तयार गरेको प्रस्ताव, स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) सबै सचिवालयका कमरेडलाई अध्ययनको लागि वितरण गरिएको छ । सबै सामग्री र गम्भीरतामा समग्रमा छलफल गरि पूनः पार्टी सचिवालयको बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् गरिएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित
विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित
प्रचण्ड अस्पतालमा !
प्रचण्ड अस्पतालमा !
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई
सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)

तपाईंले छुटाउनुभयो कि?