भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते

सारांश

  • श्रीनगर।
  • भारत नियन्त्रित जम्मुमा ठूलो आतंकवादी आक्रमण भएको छ ।
  • बिहीबार यहाँ यात्रुवाहक बसमाथि ग्रेनेड प्रहार गरिएको हो ।
श्रीनगर। भारत नियन्त्रित जम्मुमा ठूलो आतंकवादी आक्रमण भएको छ । बिहीबार यहाँ यात्रुवाहक बसमाथि ग्रेनेड प्रहार गरिएको हो । 
आज साढे ११ बजेको समयमा बसमाथि ग्रेनेड प्रहार भएको हो । आक्रमणमा १८ भन्दा धेरै घाइते भएको बताइएको छ । घाइतेहरुलाई जम्मु मेडिकल कलेजमा भर्ना गरिएको छ । झण्डै २५ यात्रु सवार बसमा ग्रेनेड हानिएको बताइएको छ । 
ग्रेनेड हान्नासाथ बसमा विष्फोट भएको थियो । विष्फोटको खबर पाउनासाथ पुलिसले पूरै क्षेत्रलाई नियन्त्रणमा लिएको छ । विष्फोट भएको ठाउँ भीडभाड वाला क्षेत्र भएको बताइएको छ । अहिले पुलिसले विष्फोट गराउनेको खोजीमा सिसिटिभी फुटेजको जाँच गरिरहेको छ । 
विष्फोट राज्य परिवहनको बसमा भएको बताइएको छ । विष्फोटका बेला बस स्टेशनमा रोखिएको थियो । झण्डै २५ यात्रुहरु बसभित्र थिए । 

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?