मंसिर ७ देखि सवारीचालकका लागि लाइसेन्स आवेदन खुल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मंसिर ७ देखि सवारीचालकका लागि लाइसेन्स आवेदन खुल्ने

सारांश

  • काठमाडौं ।
  • तपाइँ सवारी साधनको लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ?
  • हुनुहुन्छ भने अब तयारी गर्नुस् लामो समयदेखि बन्द भएको सवारीचालक अनुमतिपत्र अब एकसातापछि खुल्ने भएको छ ।

काठमाडौं । तपाइँ सवारी साधनको लाइसेन्स लिने प्रतिक्षामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब तयारी गर्नुस् लामो समयदेखि बन्द भएको सवारीचालक अनुमतिपत्र अब एकसातापछि खुल्ने भएको छ ।
दशैंअघि बन्द भएको लाइसेन्सको लागि आवेदन मंसिर ७ देखि खुल्ने भएको हो ।

लामो समय लाइसेन्सका लागि आवेदन नखुल्दा नयाँ लाइसेन्स लिनेहरुलाई समस्या बनेको छ ।
दशैं, तिहार, छठ लगायतका पर्वका कारण आवेदनसमेत बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चालक लाइसेन्सका लागि आवेदन फारम, ट्रायल, रिट्रायल सबै बन्द गरिएको छ ।
चाप बढेकाले ७ गतेदेखि सवारीचालक आवेदन खोलिने विभागले जनाएको हो ।

यसअघि नै अभ्यास परीक्षा पास गरेका करिव ६ लाख चालकलाई लाइसेन्स दिन बाँकी छ । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स छपाईको क्रम चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?