मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

सारांश

  • उलान बटोर ।
  • मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।
  • मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा यस वर्षको जनवरीदेखि अक्टोबर महिनाभित्र करिब तीन करोड २३ लाख टन कोइला निर्यात भएको उल्लेख छ ।

उलान बटोर । मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा यस वर्षको जनवरीदेखि अक्टोबर महिनाभित्र करिब तीन करोड २३ लाख टन कोइला निर्यात भएको उल्लेख छ । यो कोइलामध्ये सबैजसो चीनले आयात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १४ लाख टन बढी उत्पादन हो । कोइला नै मङ्गोलियाको प्रमुख निर्यातयोग्य बस्तु हो, र सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् तीन करोड ६५ लाख टन कोइला निर्यात गरेको थियो ।मङ्गोलियाले आगामी दिनहरुमा प्रतिवर्ष चार करोड टन कोइला निर्यात गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?