टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी

सारांश

  • विराटनगर,१४ माघ।
  •  टिफरको ठक्करबाट ११ वर्षीया वालिका लक्ष्मी ढकालको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ सिसौघारीमा स्थानीय हरुले ६ वटा टिफरमा आगजनी गरेका छन् ।
  • सोमबार विहान बिराटचौकबाट हरैंचातर्फ गइरहेको ना३ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

विराटनगर,१४ माघ। टिफरको ठक्करबाट ११ वर्षीया वालिका लक्ष्मी ढकालको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ सिसौघारीमा स्थानीय हरुले ६ वटा टिफरमा आगजनी गरेका छन् ।

सोमबार विहान बिराटचौकबाट हरैंचातर्फ गइरहेको ना३ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । आक्रोसित स्थानीयले ठक्कर दिने टिफर सहित सो सडक खण्डमा गुडिरहेका अरु टिफर लाई समेत रोकेर आगजनी गरेका हुन् ।

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य टिफरमा पनि तोडफोड गरेका छन् ।

स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकोले त्यहाँको स्थिती तनावग्रस्त रहेको छ । उक्त सडक खण्डमा गुड्ने टिपरको ठक्करबाट कैयौं मानिसहरुको मृत्यू भइसकेको छ ।

स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिती असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगामुडा गरेका छन् ।टिफर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन् । घटनास्थलमा पुगेका प्रहरीलाई समेत स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिन सीमानाका बन्द
तीन दिन सीमानाका बन्द
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
गोरखा पुगेर आफ्नो घटना सुनाउँदै नारायणकाजीले गरे बाबुरामबारे यस्तो खुलासा
गोरखा पुगेर आफ्नो घटना सुनाउँदै नारायणकाजीले गरे बाबुरामबारे यस्तो खुलासा
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण

तपाईंले छुटाउनुभयो कि?