भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त
सारांश
- कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् ।
- मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् ।
- निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् ।
निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए । उनलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
बैंकिङ कसुरजस्तो गम्भीर अभियोगमा मुछिएको र अदालतलाई सहज होस् भनेर मुख्यमन्त्रीले खत्रीलाई पदमुक्त गरेको स्रोतले जनाएको छ । –कान्तिपुर दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया