के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???

सारांश

  • ऐठन भनेको अस्थाई रुपमा निदाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो ।
  • यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन ।
  • डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ ।

ऐठन भनेको अस्थाई रुपमा निदाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।

ऐठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमात्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ ।

प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा ऐठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १/२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण:
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निदाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निदाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

ऐठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।

ऐठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

ऐठनले तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निदाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मन्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि:
१. मानसिक तनाब लिएर बिस्तरमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निदाउनुले एठन रोक्न सक्छ ।
३. सबै भन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।

राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निधाउनुहोस ।

यो उपाय पनि प्रयोग गरि हेर्नुहोस:
बेलुका खानाखाएपछी, करिब २घन्टाको फरकमा ओछ्यान मै भएपनी सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईं लाइ केहि हुदैन । प्रयोग हो गरेर हेर्नु। १०मिनट लामो लामो स्वास ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरलु दर्शकहरुले खचाखच भरिएको रंगशालामा नेपाल र भारत भिड्दै
घरलु दर्शकहरुले खचाखच भरिएको रंगशालामा नेपाल र भारत भिड्दै
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता
इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता
बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन
बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन
नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना
नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने