ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ

सारांश

  • काठमाडौ ७,पुष।
  • ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा प्रहरी जवान घाइते भएका छन,उक्त प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) रमेश तामाङले    बोकेको पेस्तोल  बेडरुममा बसिरहेको बेला पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ ।
  • पेस्तोल पड्किँदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्।

काठमाडौ ७,पुष। ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा प्रहरी जवान घाइते भएका छन,उक्त प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) रमेश तामाङले    बोकेको पेस्तोल  बेडरुममा बसिरहेको बेला पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ ।पेस्तोल पड्किँदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन्।

महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान श्रेष्ठ असई तामाङ सुत्ने कोठामा शुक्रबार राति आएका थिए। उनीहरू एकै गाउँ दोलखा का हुन्।

बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भिर छ।घटना अनुसन्धानका लागि ललितपुर प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

घटनापछि असई तामाङलाई ललितपुर प्रहरी परिसरको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?