बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।
  • गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहनुभएका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
महिला र ऊर्जाको सवालमा जोड
महिला र ऊर्जाको सवालमा जोड
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
असार भित्रै पार्टी एकता हुन्छः ओली
असार भित्रै पार्टी एकता हुन्छः ओली
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
रास्वपा नेता र सांसद विरुद्धको अवहेलना : प्रमाण पेश गर्न सर्वोच्चको आदेश
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक

तपाईंले छुटाउनुभयो कि?