दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • नेकपाको सचिवालय बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
  • बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, १६ फागुन । नेकपाको सचिवालय बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । परिवारको आर्थिक स्थिति र आवश्यकता हेरेर उपर्युक्त सहयोग गर्न सरकारलाई सहयोग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव हिमपातका कारण काठमाडौं ल्याएर पोस्टमार्टमपछि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ।  मन्त्री अधिकारीको शवलाई भने अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा पठाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि शव परिवारको जिम्मा लगाइने तयारी छ।

तस्विर : मुकुन्द कालिकोटे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?