मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
२० पटक हेरिएको
Shares
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै

सारांश

  • काठमाडौँ ।
  • मधेस प्रदेशमा सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा)ले आज दाबी पेस गर्ने भएको छ ।
  • जसपाले सत्ता गठबन्धनका सांसदहरूको समर्थनमा आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्न लागेको हो ।

काठमाडौँ । मधेस प्रदेशमा सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा)ले आज दाबी पेस गर्ने भएको छ ।

जसपाले सत्ता गठबन्धनका सांसदहरूको समर्थनमा आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्न लागेको हो ।

प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सोमबार जसपाको संसदीय दलको नेता चयन हुनुभएका सरोजकुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुने छ ।

१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनसँग रहेका नेकपा एमाले २३, जसपा १६, जनमत १३, माओवादी ८ र राप्रपा १ गरी ६१ सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?