मदन भण्डारी गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारको हातमा
सारांश
- शब्द/तस्विर : श्रीप्रसाद थापा मदन भण्डारी गोल्डकपको फुटबलको उपाधि रुस्लान थ्री स्टारले जितेको छ ।
- बुटवलको कालिका मानवज्ञान माविको प्राङगणमा भएको खेलमा मनाङलाई २–१ को गोल अन्टरले जितेको हो ।
- खेलको २ मिनेटमै मनाङका खेलाडी विमल रानाले गोल गरे पनि जितको लागि पर्याप्त भएन खेलको दोस्रो हाफमा थ्रीस्टारका तर्फबाट ६९ औं मिनेटमा अनन्त तामाङ र ८२ औं मिनेटमा मार्टिनले गोल गरेपछि थ्रीस्टारले उपाधि जितेको हो ।
शब्द/तस्विर : श्रीप्रसाद थापा
मदन भण्डारी गोल्डकपको फुटबलको उपाधि रुस्लान थ्री स्टारले जितेको छ । बुटवलको कालिका मानवज्ञान माविको प्राङगणमा भएको खेलमा मनाङलाई २–१ को गोल अन्टरले जितेको हो । खेलको २ मिनेटमै मनाङका खेलाडी विमल रानाले गोल गरे पनि जितको लागि पर्याप्त भएन खेलको दोस्रो हाफमा थ्रीस्टारका तर्फबाट ६९ औं मिनेटमा अनन्त तामाङ र ८२ औं मिनेटमा मार्टिनले गोल गरेपछि थ्रीस्टारले उपाधि जितेको हो । जितसँगै थ्रीस्टारले १५ लाख हात पारेको छ । उपविजेता मनाङले ७ लाख ५० हजारमा चित्त बुझाएको छ ।
विषयगत उत्कृष्टहरु
डिफेन्डर– पिटर थ्री स्टार
गोलकिपर– विनायक श्रेष्ठ, मदनभण्डारी एकेडेमी
प्रशिक्षक – मेघराज के.सी. थ्रीस्टार
म्यान अफ दि म्याच – अतन्त तामाङ थ्री स्टार
मिड फिल्डर : निराजन खड्का थ्रीस्टार
उत्कृष्ट फरवार्ड : मार्टिन थ्रीस्टार
हाइ स्कोरर : अञ्जन विष्ट, मनाङ
अनुशासित टिमः मदन भण्डारी एकेडेमी
उत्कृष्ट खेलाडी : अञ्जन विष्ट, मनाङ

प्रतिक्रिया