‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४२ पटक हेरिएको
Shares
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

सारांश

  • काठमाडाँै, ११ मङ्सिर ,शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् ।
  • लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
  • पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो ।

काठमाडाँै, ११ मङ्सिर ,शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो । तीन खेलबाट समान तीन अङ्क जोडेका सरस्वती युथ र ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौँ र दशौँ स्थानमा छन् ।

सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ । लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो । एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । तेस्रोचरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो ।

एपिएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोलरहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफ तेस्रो खेलमा ब्रिगेड ब्वाइजससँग पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?