नेता गान्धीले भारतको छवि बिगार्न खोजेको अरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
६१ पटक हेरिएको
Shares
नेता गान्धीले भारतको छवि बिगार्न खोजेको अरोप

सारांश

  • हैदरावाद ।
  • भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् ।
  • अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

हैदरावाद । भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै संसद्मा उनको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए ।

भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उनको दलले अस्वीकार गरेको उ्नले बताए ।

विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास गर्दैनन् भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उ्नीमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेको बताए ।

नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न
पुनर्मिलन, भातृत्व र सहकार्यको भाव बोकेको ‘हिडौं साथ साथ’ कार्यक्रम सम्पन्न
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
मतदाता नामावलीमा सात हजारको नाम
मतदाता नामावलीमा सात हजारको नाम
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा