कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?

सारांश

  • माघ १३, काठमाण्डौ ।
  • नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा अर्धशतक प्रहार गरेका रोहित कुमार पौडेललाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।
  • युएईसँगको दोस्रो एक दिवसीय क्रिकेटमा रोहितले ५८ बलमा ५५ रन बनाउँदा कीर्तिमान बनेको थियो ।

माघ १३, काठमाण्डौ । नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा अर्धशतक प्रहार गरेका रोहित कुमार पौडेललाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।

युएईसँगको दोस्रो एक दिवसीय क्रिकेटमा रोहितले ५८ बलमा ५५ रन बनाउँदा कीर्तिमान बनेको थियो ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेकोमा बधाई दिएका हुन् ।

१६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन् ।

रोहितले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गरेका थिए । यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

यस्तै टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो । सचिनले पाकिस्तानविरुद्धको टेष्टमा १६ वर्ष २१३ दिनमा अर्धशतक बनाएका थिए ।

प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?