हराउँदै परम्परागत प्रविधि

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
५५ पटक हेरिएको
Shares
हराउँदै परम्परागत प्रविधि

सारांश

  • घोराही ।
  • केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थे ।
  • ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो ।

घोराही । केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थे । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्थे ।

तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पीठो पिस्न मिल स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगीले बताए । “पहिले घरमै कुट्न ढिकी र पीठो पिस्न जाँतो थियो । तर अहिले छैनन्”, उनले भने, “अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः काम मिलमै गर्ने गरेका छौँ ।” आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनले बताए ।

विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेकोमा अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी खिमा घर्तीमगरले बताए । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगरले बताए । “पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो”, घर्तीमगरले भने, “ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।” सजिलोसँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पु¥याएको स्थानीय बताउँछन् ।

परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतो संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक वस्तु कुटाउन तथा पिस्न काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगरले बताए । “मानिसहरुले काममा सुविधा खोज्दै जाँदा हाम्रा परम्परागत सामग्री ढिकी, जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्”, उनले भने “यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि
विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि
लकडाउनमा धान रोप्दै सलमान खान (भिडियोसहित)
लकडाउनमा धान रोप्दै सलमान खान (भिडियोसहित)
सभामुख कुर्सीमा बस्न नपाउँदै हंगामा, बैठक अनिश्चितकालका लागि स्थगित
सभामुख कुर्सीमा बस्न नपाउँदै हंगामा, बैठक अनिश्चितकालका लागि स्थगित
वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !
कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन