श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
सारांश
- दरबन्दीबाहेकका कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् ।
- विभागको ताहाचल कार्यालयमा दरबन्दीबाहेकका कर्मचारी १४ महिनादेखि विनातलब काम गरिरहेको समाचार बिहीबार नयाँ पत्रिकामा छापिएपछि मन्त्री विष्टले ती कर्मचारीलाई हाजिर तत्काल नगराउन निर्देशन दिएका हुन् ।
- मन्त्रालयले ताहाचल कार्यालयलाई मन्त्रीको निर्देशन जानकारी गराइसकेको छ ।
दरबन्दीबाहेकका कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् । विभागको ताहाचल कार्यालयमा दरबन्दीबाहेकका कर्मचारी १४ महिनादेखि विनातलब काम गरिरहेको समाचार बिहीबार नयाँ पत्रिकामा छापिएपछि मन्त्री विष्टले ती कर्मचारीलाई हाजिर तत्काल नगराउन निर्देशन दिएका हुन् । मन्त्रालयले ताहाचल कार्यालयलाई मन्त्रीको निर्देशन जानकारी गराइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले खबर लेखेका छन् ।
विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले नयाँ पत्रिकासँग भने, ‘मन्त्रालयको निर्देशनअनुसार दरबन्दीमा नरहेका कर्मचारीको हाजिरी शुक्रबारबाट स्वतः रोकिन्छ । त्यसको निर्देशन मन्त्रालयबाट सोझै सम्बन्धित कार्यालयमा गइसकेको छ । यस विषयमा विभागले थप निर्देशन दिनेभन्दा पनि प्रथम श्रेणीका कर्मचारी भएकाले मन्त्रालयले सोझै हेर्ने गरेको छ ।’
विभागको ताहाचल कार्यालयमा दरबन्दीविना काम गरिरहेका १६ कर्मचारी छन् । उनीहरूलाई स्थानीय तहमा खटाइए पनि पहुँचका आधारमा कार्यालय छाड्न मानिरहेका छैनन् । राजनीतिक दबाबका कारण कार्यालयमा बढी भएका कर्मचारीलाई अन्यन्त्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो ।
गत असोजमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न कार्यालयका कर्मचारीको काजसरुवा गरेको थियो । त्यसक्रममा विभागको ताहाचल कार्यालयका कर्मचारी पनि सरुवा भएका थिए । तर, उनीहरूले सामान्यको निर्देशन मानेनन् ।
श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचार बढी हुने कार्यालयको रूपमा बदनाम छ । वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति दिने यो कार्यालयमा घुस लेनदेन चल्ने घटना वेलावेला सार्वजनिक हुने गरेको छ । श्रम स्वीकृतिदेखि एयरपोर्टसम्मको सेटिङमा यहाँका कर्मचारीको सन्जाल छ । त्यसैले यो कार्यालयमा आफूअनुकूलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीकै रुचि रहने गरेको छ ।
शुक्रबारदेखि हाजिर गर्न नपाउने कर्मचारी
नायब सुब्बा : लोकेन्द्रबहादुर रावल, कुमारबहादुर कटवाल, रवीन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी
कम्प्युटर अधिकृत : डम्बरबहादुर विश्वकर्मा, भवानी थपलिया
कार्यालय सहयोगी : रञ्जु दाहाल, तुलसीमान मर्हजन
Narbahadur Gharti
good job sir
Buddhi Bahadur Nepali
Thik garnu vayo
Arjun Ilam
अब चही केही सुधार हुन्छ भन्ने आसा रहयो
Gobin Cdr
Exsullant ?
Kamal Singh Dhami
Nice work
Ram Niwas Gupta
good sir
Tirtha Upreti
Good job sir
Om Sagar Shrestha
Tyo bhatmara haru lai jail ma kochna prcha..janta ko ragat pasina chusne kirno haru lai…