मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो

सारांश

  • एजेन्सी।
  • पाकिस्तानी नायिका मावरा हकेनले बलिउड फिल्म ‘सनम तेरी कसम’ (२०१६) काम गरिसकेकी छन्।
  • उनले जम्मू–कश्मिरको पुलवामा आक्रमणमा मृत्यु भएका ४० सुरक्षाकर्मीका विषयमा अभिव्यक्ति दिएकी छन्।
एजेन्सी। पाकिस्तानी नायिका मावरा हकेनले बलिउड फिल्म ‘सनम तेरी कसम’ (२०१६) काम गरिसकेकी छन्। उनले जम्मू–कश्मिरको पुलवामा आक्रमणमा मृत्यु भएका ४० सुरक्षाकर्मीका विषयमा अभिव्यक्ति दिएकी छन्। उनले एक ट्विटर प्रयोगकर्तालाई जवाफ दिँदै उक्त घटनाका विषयमा प्रतिक्रिया दिएकी हुन्। मावराले आइतबार ट्विटरमा आस्क मावरा सेशन राखेका थिए। यो क्रममा फ्यान्सल उनलाई धेरै प्रश्न गरेका छन्। 
एक भारतीय ट्विटर प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘पुलवामा आक्रमणमाथि तपाइँको के भनाइ छ ? म यो जान्न चाहन्छु। मलाइ थाहा छ तपाइँले जवाफ दिनुहुन्न। तै पनि मैले प्रश्न गरेँ।’ उक्त प्रश्नको जवाफमा मावराले लेखेकी छन्, ‘मैले केही भन्नु पहिला नै तपाइँले कल्पना गर्नु भयो। सबैभन्दा पहिला जज गर्न बन्द गर्नुस्। अर्को कुरा मानवता पहिलो कुरा हो। निधन भएका सबै मासिन नै हुन्। यो मुटुलाई झट्का दिने घटना हो। म सबैमा प्रेमको कामना गर्छु। यदि कसैले केही भनिरहेको छैन भने उसलाई घृणा गर्न बन्द गर्नुस्।’
अर्का एक जना प्रयोगकर्ताले मावरासँग तपाइँका विचारमा भारत र पाकिस्तानबीच शान्ति कायम हुनुपर्छ?’ जवाफमा मावराले लेखेकी छन्, ‘अवश्य पनि हुनुपर्छ। तर केही मानिसहरु छन् जो सधैं घृणा फैलाइरहेका छन्। र सधैं हामी दुर्भाग्यपूर्ण रुपमा यसको शिकार हुनुपर्छ।’ २०१६ मा जब उरीमा आतंकवादी आक्रमण भएको थियो बतब मावराले यसको निन्दा गरेकी थिइन्। मावराले लेखेकी थिइन्, ‘म सबै प्रकारका आतंकवादी आक्रमणको निन्दा गर्छु। विश्वभरको आतंकवाद विरुद्ध सबै जना एक जुट हुन आवश्यक छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?