मनाेरञ्जन समाचार : गम्भीर रोगबाट आलिया भट्ट पीडित

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : गम्भीर रोगबाट आलिया भट्ट पीडित

सारांश

  • काठमाडौं।
  • बलिउड नायिका आलिया भट्टले हालै फिल्म ‘राजी’ का लागि फिल्मफेयरको उत्कृष्ट नायिकाको अवार्ड पाइन् ।
  • सन् २०१२ मा स्टूडेन्ट अफ द इयरबाट आफ्नो करियरको सुरुवात गर्ने उनले हालै दिएको एक अन्तरवार्तामा आफू एन्जाइटी (चिन्ता, पिर) बाट गुज्रिरहेको खुलासा गरिरहेकी छिन् ।

काठमाडौं। बलिउड नायिका आलिया भट्टले हालै फिल्म ‘राजी’ का लागि फिल्मफेयरको उत्कृष्ट नायिकाको अवार्ड पाइन् । सन् २०१२ मा स्टूडेन्ट अफ द इयरबाट आफ्नो करियरको सुरुवात गर्ने उनले हालै दिएको एक अन्तरवार्तामा आफू एन्जाइटी (चिन्ता, पिर) बाट गुज्रिरहेको खुलासा गरिरहेकी छिन् ।

एन्जाइटीबारे कुरा गर्दै आलिया भट्टले भनिन्, ‘म डिप्रेशनमा छैन तर मलाई एन्जाइटी भने अत्यधिक छ । मलाई यसले तारन्तार दुःख दिइरहेको छ । म पछिल्लो ५–६ महिनादेखि तनावमा भएको महसुस गरिरहेकी छु । कतै मलाई एन्जाइटी अट्याक त हुँदैन ? म कहिलेकाँही निकै मलिन महसुस गर्छु । तर यसका लागि म आफ्नी दिदीलाई धन्यवाद दिन्छु । म उसैका कारण यी सब कुराका लागि जागरुक छु । उनले डिप्रेशनको लडाईं लडेकी थिइन् ।’

आलिया भट्ट भन्छिन्, ‘म कहिलेकाँही तनावमा भएको महसुस गर्छु । कहिले काँही त यस्तो लाग्छ कि म कुनै कारणबिना नै रोइरहेकी छु । तर पुनः सबै कुरा साधारण हुन्छ । सुरुमा यस्तो हुँदा मलाई के भइरहेको छ, थाहै हुँदैनथ्यो । मेरो जस्तो व्यक्तित्व थियो त्योभन्दा अलग महसुस गर्न थालेकी थिएँ । मैले आफ्ना साथीसँग पनि यसबारे कुरा गरेकी थिएँ । सबैले मलाई यो आफसेआफ ठिक हुने बताउँछन् । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?