पशुपतिका काठ मक्किए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पशुपतिका काठ मक्किए

सारांश

  • पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ।
  • तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो।
  • आँखीझ्याल अड्याउने फ्रेम पनि मक्किएको छ।

पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ। तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो। आँखीझ्याल अड्याउने फ्रेम पनि मक्किएको छ।

‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ मक्किएका छन्’, श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुंगानाका अनुसार ‘जीर्ण बनेका काठको नमुना निकालिएको छ। त्यसलाई पुरातत्त्व विभागको रासायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ।’

विभागले पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा भूकम्पपछि मन्दिर जीर्णोद्धारबारे अध्ययनका लागि गठित समितिको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो। उक्त तलामा भण्डारीलाई बालाचतुर्दशीको अघिल्लो दिन मात्र प्रवेश दिइन्छ। सोही बेला उनीहरूले काठको नमुना निकालेका थिए।

विभागको विश्वसम्पदा शाखाका प्रमुख सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा श्रीपशुपतिनाथ मन्दिर अध्ययन समिति गठन गरी मंसिर १ देखि काम थालिएको थियो। भण्डारीलाई नौ दिन तालिम दिएर उक्त तलामा पठाइएको थियो। बाला चतुर्दशीको अघिल्लो दिन उनीहरू नागमणि र एकमुखे रुद्राक्ष निकाल्न त्यहाँ प्रवेश गर्ने चलन छ।अन्नपूर्ण पोस्ट्बाट

(riverbendgolfcomplex.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?