भ्यालेन्टाइन डे मा धर्मेन्द्रले गरे सनसनीपूर्ण खुलासा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भ्यालेन्टाइन डे मा धर्मेन्द्रले गरे सनसनीपूर्ण खुलासा

सारांश

  • मुम्बई।
  • बलिउडका पुराना अभिनेता धमेन्द्रले भ्यालेन्टाइन विकमा पहिलो पटक आफ्नो प्रेम कहानीका विषयमा खुलेर कुरा गरेका छन्।
  • धर्मेन्द्रकी पहिली श्रीमती प्रकाश कौर र दोस्री श्रीमती हेमा मालिनी बाहेक धर्मेन्द्रको मुटु अरु कसैकालागि पनि धड्की सकेको रहेछ।
मुम्बई। बलिउडका पुराना अभिनेता धमेन्द्रले भ्यालेन्टाइन विकमा पहिलो पटक आफ्नो प्रेम कहानीका विषयमा खुलेर कुरा गरेका छन्। धर्मेन्द्रकी पहिली श्रीमती प्रकाश कौर र दोस्री श्रीमती हेमा मालिनी बाहेक धर्मेन्द्रको मुटु अरु कसैकालागि पनि धड्की सकेको रहेछ।
वर्षौं पछि यो कुराको खुलासा स्वयं धमेन्द्रले गरेका हुन्। भ्यालेन्टाइन डे को अवरमा धर्मेन्द्रले एक कवितमार्फत आफ्नो अनौठो प्रेम कहानीको खुलासा गरेका हुन्। धर्मेन्द्रका अनुसार उनको पहिलो प्रेम बाल्यकालमा भएको थियो।  जतिबेला धर्मेन्द्र ६ कक्षामा अध्ययन गर्थे। केटीको नाम हमिदा थियो, जो उनकी स्कुलकी शिक्षककी छोरी थिइन्।  उनी आठ कक्षामा पढ्थिइन्।  जुन उमेरमा धर्मेन्द्र हमिदासँगको प्रेममा परे, त्यो बेला उनलाई थाहा थिएन की यो प्रेम हो।  एक टेलिभिजन अन्तर्वाताका क्रममा धर्मेन्द्रले आफ्नो बाल्यकालको प्रेम प्रसंग सुनाएका थिए।
केही वर्षपछि धर्मेन्द्र फिल्ममा काम गर्न भन्दै गाउँ छोडेर मुम्बई आए। धर्मेन्द्रकी पहिली पत्नी प्रकाश कौर चर्चाबाट टाढै बस्छिन्। उनका निकै कम फोटामात्र अहिलेसम्म सार्वजनिक भएका छन्। धर्मेन्द्रले प्रकाशसँग १९५४ मा १९ वर्षको उमेर विवाह गरेका थिए। उनीहरुका चार सन्तान छन्।  अजय सिंह (सनी), विजय सिंह (बबि), विजेता र अजेता देओल।  जतिबेला धर्मेन्द्र र प्रकाशबीच विवाह भयो, त्यतिबेला हेमा मात्र ६ वर्षकी थिइन्।
पछि हेमासँग धर्मेन्द्रले १९८० मा विवाह गरे। यो धर्मेन्द्रको दोस्रो विवाह थियो।  उनीहरुका दुई छोरी ईशा र अहाना छन्। हेमा–धर्मेन्द्रको पहिलो भेट ख्वाा अहमद अब्बासको फिल्म ‘आसमान महल’ को प्रिमियरका क्रममा १९६५ मा भएको थियो। त्यतिबेला धर्मेन्द्र बलिउडका सुपरस्टार भइसकेका थिए।  हेमाले बल्ल एउटा फिल्ममा काम गर्न पाएकी थिइन् त्यो  फिल्म पनि फ्लप भयो।  तर उनीहरु विस्तारै विस्तारै नजिक हुन थाले। यद्यपी उनीहरुको प्रेम भने फिल्म  शोलेको शुटिङका क्रममा फर्कियो र १९८० मा उनीहरुले विवाह नै गरे।
हेमा मालिनीका अनुसार  जब उनी नासिकमा फिलम ‘प्रतिज्ञा’ को शुटिङ भइरहेको थियो, तब उनले धर्मेन्द्रलाई ‘मै जट यमला पहला दीवाना’ गीतमा डान्स गर्दै गरेको देखिन्।  धर्मेन्द्रको डान्स देखेर हेमा भुतुक्कै भइन्।
हेमाको दक्षिण भारतीय परिवार यो धर्मेन्द्र र हेमाको प्रेमदेखि खुशी थिएन। धमेन्द्र पंजाबी, त्यसमा पनि विवाहित। यही कारण हेमा धर्मेन्द्रसँग लुकिछिपी भेट्थिइन्। कयौं पटकका हेमामा परिवार शुटिङ शेटमा नै आउँथे।
धमेन्द्र र हेमा एक प्रकारको पहराबीच शुटिङ गर्थे। धमेन्द्रले नयाँ आइडिया निकाले। जुन फिल्ममा उनी होमासँग काम गर्थे उक्त फिल्मको क्यामरा मेनलाई हात लिन्थे। उनी हेमासँगको रोमान्टिक सिनलाई एक पटकका ओके हुन दिँदैन थिए। त्यस्तो बेलामा क्यामरा म्यान कहिले लाइट कम भएको त कहिले कुनै बाहाना बनाउँथे।
बहिलउडमा यी दुईको विवाह निकै साधारण तरिकाले भयो। बेहुलाका रुपमा धर्मेन्द्रले न जन्ती लगे न घोडामा बसे। तर बेहुलीको बंगलामा भने कर्नाटकको संगीत बजिरहेको थियो।  पुरोहितले पूरै विधि विधानले विवाह सम्पन्न गरे। विवाहमा जो पाहुना आएका थिए, उनीहरु सबैलाई परम्परा अनुसार कोराको पातमा भोजन गराइएको थियो।
विवाहपछि पनि हेमा मालिनी एक्लै बसिन्। धमेन्द्रले धेरै कोशिश गरे तर उनले कहिल्यै पनि हेमा मालिनीलाई  विवाहपछि त्यो स्थान दिन नसकेनन् जो स्थान उनले आफ्नी पहिली पत्नीलाई दिएका थिए। हेमा मालिनीले एक्लैले आफ्नो दुई छोरीको पालन पोषण गरिन् र राजनीतिमा प्रवेश गरिन्। अहिले उनी मथुराबाट बीजेपी सांसद छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?