सिलवाललाई तत्काल पक्राउ गर्न नहुने-एसएसपी रविन्द्र धानुक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ७ पुस ।
  • पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ ।
  • रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् ।

काठमाडौं ७ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् ।  प्रहरी स्रोतका अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा पक्राउ नगरी अनुसन्धान सकिएपछि मुद्दा बुझाउँदा पक्राउ गर्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको थियो । रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरेर अघि बढ्न धानुकलाई सुझाएका थिए । फौजदारी मुद्दामा कानुनतः अभियोग दर्ता भएपछि पक्राउ नै नगरी अनुसन्धान गर्न प्रहरीलाई छुट दिएकाले तत्काल सिलवाललाई पक्राउ गर्ने मनस्थितिमा परिसर छैन । स्रोतअनुसार उजुरी दर्ता गर्दा किटानी जाहेरी नभएकाले पनि किर्ते कस्ले गर्‍यो पुष्टी नहुँदा सिलवाल तत्काल पक्राउ गर्न नहुने तर्क धानुकले राखेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकन (कासमू) मा सिलवालको बढी अंक देखाएको र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहितको पूर्ण इजलासले प्रकाश अर्यालकै कासमू अंक बढी देखाएको अवस्थामा कुन कार्यसम्पादन ठीक भन्ने विषयको छानबिनमा परिषद् केन्द्रीत हुने भएको छ । किर्ते प्रकरणमा प्रधानन्यायाधीश पराजुलीसहितको पछिल्लो इजलासले घुमाउरो भाषामा सिलवालले नै किर्ते गरेको संकेत गरेको छ । तर प्रहरीले सरकार परिवर्तन हुने बेलामा सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्दा नयाँ सरकारले त्यसलाई उल्टाए प्रहरी पंगु हुने कतिपय अनुसन्धान अधिकृतको तर्क छ । मुख्य सचिवसँगै रहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले किर्ते छानबिनमा भएका विषय प्रचारबाजी नगर्न र गोप्य अनुसन्धान गर्न प्रमुख धानुकलाई सुझाएका थिए ।

प्रधानन्यायाधीश पराजुलीसहित ७ न्यायाधीश संलग्न विशेष इजलासले गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘निवेदक (सिलवाल) लगायत सबै उम्मेदवारको लोक सेवा आयोगलगायत निकायबाट कार्यसम्पादन मूल्यांकन फारमका सक्कलै रहेका गोप्य सिलबन्दी खाम मगाई खोली हेर्दा निवेदकले दाबी गरेजस्तो निवेदकको सक्कल कार्यसम्पादन मूल्यांकन फारममा अंक रहेको नदेखिएता पनि यी निवेदकले निवेदनसाथ पेस गरेको कार्यसम्पादन मूल्यांकनको फारमको अंक र लोक सेवा आयोगलगायत निकायबाट प्राप्त अंक भिन्न भिन्न रहेको देखिएकाले कानुन बमोजिम गोप्य राखिनुपर्ने अंक कसरी बाहिरियो, फरक अंक पार्ने कार्यमा को कस्को संलग्नता छ, अनुसन्धान गरी दोषीउपर कारबाही चलाउनु ।’

आईजीपी नियुक्तिको रिटमा तत्कालीन प्रधानन्यायाधीश कार्कीसहित ५ जना न्यायाधीशको इजलासले सिलवाल आईजीपी हुनुपर्ने भनी गरेको फैसलालाई पछिल्लो इजलासले त्रुटिपूर्ण भनेको छ । प्रहरी परिसर प्रमुख एसएसपी धानुकले फैसलाको पूर्णपाठ अनुरुप छानबिन प्रक्रिया अघि बढिसकेको बताए । उनले भने, ‘किर्ते कागजातमा छानबिन सुरु भइसक्यो, दोषी देखिएकालाई पक्राउ गर्छौं।’

परिसरले अदालतमा सिलवालले बुझाएको कार्यसम्पादन मूल्यांकन फारामलाई ‘ल्याब टेस्ट’ का लागि विधि विज्ञान प्रयोगशाला पठाउने भएको छ । यसअघि सरकारले प्रहरी मुख्यालयमा छानबिनका लागि पठाउँदा सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन फाराममा ‘फन्ट’ परिवर्तन गरी किर्ते गरेको पाइएको थियो । तर सिलवालले भने राजनीतिक प्रतिशोध लिन आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् । उनले भने, ‘मैले किर्ते गरेको होइन, अदालतमा बुझाइएको कासमु अनलाइनमार्फत मैले लिएको हुँ । त्यो कसरी बाहिरियो त्यस्को पनि छानबिन हुनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
काँग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो
काँग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो
मह जाेडिलाइ ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान
मह जाेडिलाइ ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान
नरेन्द्र मोदि लाई  एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
नरेन्द्र मोदि लाई एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
प्रदेश २ मा पनि वामपन्थीकै सरकार
संकटमा सलमान खान
संकटमा सलमान खान

तपाईंले छुटाउनुभयो कि?