मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
सारांश
- काठमाडौं, माघ ३ ।
- मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
- आजको बैठकले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।
काठमाडौं, माघ ३ । मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।
संविधानअनुसार प्रदेश प्रमुख चयन नहुँदा नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध छ।
प्रदेश प्रमुख नियुक्तिको ढिलाईले राष्ट्रिय सभाको घोषित निर्वाचन प्रभावित हुन सक्ने देखिएपछि सरकारले हिजो सोमबार मन्त्रिपरिषद बैठक बोलाएको थियो । तर दलहरूबीच सहमति जुट्न नसक्दा अन्तिम समयमा मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।
निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया