ऐश्वर्या राय गर्भवती? भाइरल भइरहेछ फोटो
सारांश
- मुम्बइ।
- ऐश्वर्या राय गर्भवती भएको खबर अहिले भाइरल भइरहेको छ ।
- उनका फ्यानहरु यो कुरा जान्न उत्सुक छन् कि के उनी साँच्चै गर्भवती भएकी हुन् ।
मुम्बइ। ऐश्वर्या राय गर्भवती भएको खबर अहिले भाइरल भइरहेको छ । उनका फ्यानहरु यो कुरा जान्न उत्सुक छन् कि के उनी साँच्चै गर्भवती भएकी हुन् । खासमा ऐश्वर्या र अभिषेकको एउटा फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो फोटोमा ऐश्वर्याको पेट बढेको देखिएको छ । यही आधारमा ऐश्वर्या गर्भवती भएको अनुमान गरिएको हो ।
होलीको समयमा ऐश्वर्या गोवा गएको समाचारमा जनाइएको छ । यही क्रममा उनीहरु घुमिरहेको एउटा फोटो ट्वीटरमा शेयर भएको छ । फोटोमा ऐश्वर्या र अभिषेक समुद्र किनारमा घुमिरहेका देखिएका छन् । यही फोटोमा उनको पेट बढेको देखिएपछि फोटो भाइरल भइरहेको हो । यस विषयमा बच्चन परिवारको कुनै प्रतिक्रिया आएको छैन । यी दुईले २००७ मा बिहे गरेका थिए त्यसपछि २०११ मा यो जोडीकी छोरी आराध्या जन्मेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया