मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई आज शुक्रबार विहान ८ बजे राष्ट्रिय सम्मान दिइने भएको छ।
  • शव जलेर नचिनिने भएको र टुक्रा टुक्रा शवलाई एन्टीमार्टममा ढिलाई हुने भएकाले बिहीवार अपरान्ह ३ बजे टुँडिखेलमा दिने भनिएको सो सम्मान शुक्रबार सार्नुपरेको थियो ।
काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई आज शुक्रबार विहान ८ बजे राष्ट्रिय सम्मान दिइने भएको छ।
शव जलेर नचिनिने भएको र टुक्रा टुक्रा शवलाई एन्टीमार्टममा ढिलाई हुने भएकाले बिहीवार अपरान्ह ३ बजे टुँडिखेलमा दिने भनिएको सो सम्मान शुक्रबार सार्नुपरेको थियो ।
मन्त्री अधिकारीको शवलाई शुक्रवार विहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा राखिने मन्त्री अधिकारीको सचिवालयले जनाएको छ । उहाँको शवको सद्गद् उहाँकै गृह जिल्ला कास्की (पोखरा) मा गर्ने बताइएको छ । ११ बजेपछि सेनाको हेलिकप्टरबाट पोखरा लगी अपराह्न्न शव यात्रापछि वेलुका अन्तेष्टि गर्ने जनाइएको छ ।
बिहीवार पनि मौसममा सुधार नआएकाले मन्त्री अधिकारीसहितको शव अपरान्न १ बजेपछि मात्र काठमाडौ ल्याइएको थियो । त्रिभूवन विमानस्थलबाट एन्टीमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । मन्त्री अधिकारीसहित सातैजनाको शव ल्याउन बाक्लो हिमपातका भएपछि ढिला मात्र हेलिकप्टर काठमाडौ अवतरण गरेको थियो ।
उक्त दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको चुहानडाँडास्थित विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गर्न गएको मन्त्री अधिकारीसहितको टोली पूर्वको तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
काठमाडौंमा बालेन साहको अग्रता
काठमाडौंमा बालेन साहको अग्रता
जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो
सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?

तपाईंले छुटाउनुभयो कि?