२० वर्ष पछि अाएकाे रजत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
२० वर्ष पछि अाएकाे रजत !

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ ।
  • इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो ।

काठमाडौँ, १३ भदौ । एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो । पहिलो पटक एशियाली खेलकूद (एशियाड) मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले आज नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

थाइल्याण्डको बैंककमा १९९८ मा तेक्वान्दो खेलाडी राजभण्डारीले जितेको रजतपछि अर्को रजत पदक जित्न नेपाललाई २० वर्ष कुर्नुप¥यो । नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेका छैन । विमल अधिकारीले नेतृत्व गरेको नेपाली प्याराग्लाइडिङ टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । क्रस कन्ट्री इभेन्ट इण्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अङ्कले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कूल ११ हजार ३६४ अङ्क ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अङ्क प्राप्त गरेको हो ।

जारी प्रतियोगितामा नेपाल पदक जित्ने ३७औँ मुलुकसमेत भएको छ । यसअघि जारी प्रतियोगितामा ३६ मुलुकले पदक जितिसकेका छन् । एशियाडको १८औँ संस्करणसम्म आएपुग्दा नेपालले कूल दुई रजत र २२ कांस्य पदक जितेको छ । “पदक जितेकामा धेरै खुशी लागेको छ”, नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले भन्नुभयो, “पहिलो प्रयासमै हामी पदक जित्न सफल भयौँ ।” नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले भने, “१८औँ एशियाडमा नेपालको पदकको खडेरी तोड्न सफल भएका छौँ । यो नेपालीका लागि गौरवको कुरा हो ।” एशियाली खेलकूदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेलसमेत भएको हो । योसँग नेपालले एशियाली खेलकूदमा दुई रजतसहित २४औँ पदक जितेको छ ।

पदकको आशा गरिएको तेक्वान्दो, कराते, बक्सिङजस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एशियाली खेलकूद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग आज सामूहिक छलफल गर्ने
मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)
मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
Checkout the inside pictures of Rubina Dilaik and Abhinav Shukla’s Ring ceremony!
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा

तपाईंले छुटाउनुभयो कि?