प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित्

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित्

सारांश

  • काठमाडौँ २६ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण सचिवालय बैठक स्थगित् भएको छ ।
  • आइतवार बिहान बस्ने सचिवालय बैठक स्थगित भएको हो ।

काठमाडौँ २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण सचिवालय बैठक स्थगित् भएको छ । आइतवार बिहान बस्ने सचिवालय बैठक स्थगित भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्ने तय भएको थियो ।

शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार सचिवालय बोलाउने निर्णय भएको थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् । प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसले थप स्वास्थ्य चुनौती थपेको कारण ओली निरन्तर चिकित्सकको निगरानीमा रहँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?