ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !

सारांश

  • काठमाडौं ।
  • महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु भएको छ ।
  • प्रमुख अतिथि थापाले उपत्यकाको बढदो जनघनत्वसंगै ट्राफिक दुर्घटना बढेकाले त्यसलाइ न्यूनिकरण गर्न समुदायलाई सचेत बनाएमात्र दुर्घटना कम गर्न सकिने बताए ।

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु भएको छ ।

प्रमुख अतिथि थापाले उपत्यकाको बढदो जनघनत्वसंगै ट्राफिक दुर्घटना बढेकाले त्यसलाइ न्यूनिकरण गर्न समुदायलाई सचेत बनाएमात्र दुर्घटना कम गर्न सकिने बताए ।

मानिसहरूले चेतनालाई आचरणमा बदल्न नसक्दा दुर्घटना बढेको बताउँदै प्रत्येक चोक र सडकमा ट्राफिक प्रहरीको उपस्थिति भएमा मात्र दुर्घटना कम हुने नसोच्न आग्रह गरे । प्रत्येक नागरीकले आफ्नो सोच बदली ट्राफिक नियम पालना गरेमात्र सुरक्षित यात्रा गर्न सकिने बताए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले महाराजगंज एरियामा संचालित ट्राफिक सचेतना कार्यक्रमले दुर्घटना कम हुने विश्वास लिएको बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार पन्तले कार्यक्रमको बारेमा थप जानकारी दिदै संगठनले राखेको लक्ष्य पुरा गर्न सप्ताहव्यापी रूपमा महाराजगंज एरियामा कार्यक्रमको शुभराम्भ गरेको बताए ।

सबै निकायहरूसंग समन्वय गरेर उपत्यकाका आवश्यक ठाउँहरूमा आकाशे पुल निर्माण गर्ने, सवारी पार्किङको व्यवस्था, सवारीमा यात्रु चढाउने र ओराल्ने ठाउँको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

साताव्यपी संचालित कार्यक्रममा यात्रु तथा चालक, परिचालकहरूलाई ट्राफिक शिक्षा, बिभिन्न सचेतनामुलक लगाएतका कार्यक्रमहरू रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?