संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने

सारांश

  • काठमाडौं ।
  • आज बसेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका विभिन्न पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को सरकारी निवास सिंहदरबारमा बसेको परिषद्को बैठकले सो निर्णय गरेको स्रोतले बताएको छ ।

काठमाडौं । आज बसेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका विभिन्न पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को सरकारी निवास सिंहदरबारमा बसेको परिषद्को बैठकले सो निर्णय गरेको स्रोतले बताएको छ ।

“महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकालेर इच्छुकहरूको आवेदन माग्नुपर्ने व्यवस्था छ । त्यसका लागि सूचना निकाल्ने निर्णय भयो,” स्रोतले भन्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?