मन्त्री कसलाई बनाउने? दुई अध्यक्षको हातमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
मन्त्री कसलाई बनाउने? दुई अध्यक्षको हातमा

सारांश

  • काठमाडौं, १२ फागुन – एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आ-आफ्ना अध्यक्षलाई सुम्पेका छन्।
  • दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको नाम टुंगो लाग्न नसकेपछि अध्यक्षलाई जिम्मा दिइएको हो।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं, १२ फागुन – एमाले र माओवादी केन्द्रबाट सरकारमा जानेको नाम टुंगो लगाउने जिम्मा दुवै पार्टीले आ-आफ्ना अध्यक्षलाई सुम्पेका छन्। दुवै पार्टीका बैठक र दोस्रो तहका नेताबीचको औपचारिक र अनौपचारिक छलफलबाट पनि मन्त्रीको नाम टुंगो लाग्न नसकेपछि अध्यक्षलाई जिम्मा दिइएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको हो। माओवादी केन्द्रको विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न जिम्मेवारी दिएको थियो। शुक्रबार बसेको तीन नेताको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष दाहाललाई सुम्पेको हो। तीन नेताले प्रदेशअनुसार सूची बनाएका थिए।

पार्टीका नयाँ, पुराना, समानुपातिक र भौगोलिक आधार मिलाएर मन्त्री छान्न जिम्मेवारी दिइएको थियो। प्रदेशअनुसारको सूची बमोजिम प्रदेश १ बाट अमनलाल मोदी, सुरेश राई, सुदन किराँती, प्रदेश २ बाट मातृका यादव, गिरिराजमणि पोखरेल, प्रदेश ३ बाट रामबहादुर थापा बादल र पम्फा भुषाल, प्रदेश ४ बाट देवेन्द्र पौड्याल र हरि अधिकारी, प्रदेश ५ बाट वर्षमान पुन र चक्रपाणि खनाल, प्रदेश ६ बाट जनार्दन शर्मा, प्रदेश ७ बाट विना मगर र लेखराज भट्ट सिफारिसमा परेका थिए।

नेता नारायणकाजी श्रेष्ठले भने, ‘नाम छनोट सकिए पनि अन्तिम नाम भने अध्यक्ष दाहालले नै छान्नु हुनेछ।’ स्रोतका अनुसार दाहालले छलफल गरी शनिबारसम्म नामको अन्तिम टुंगो लगाउने भएका छन्। एमालेको शुक्रबारको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई मन्त्री छान्ने अधिकार दिए पनि सबै जात, भूगोलको सन्तुलन मिलाएर मात्र नाम छान्न नेताहरूले सुझाव दिएका छन्। भूगोल, समावेशीता र पार्टीमा योगदान, योग्यता साथै क्षमता पनि ध्यानमा राख्न नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी
What is the value of a Deliver Order Bride-to-be Cost?