ऊर्जामन्त्रीलाई यसरी सुनाउनुस प्रत्यक्ष आफ्नो गुनासो र समस्या
सारांश
- काठमाडौं, १८ साउन ।
- जनताका गुनासा तथा समस्या सुनेर तिनलाई सम्बोधन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आजबाट हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।
- मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा मध्यान्ह १२ बजेदेखि एक घण्टा कुराकानी गर्न सकिने छ ।
काठमाडौं, १८ साउन । जनताका गुनासा तथा समस्या सुनेर तिनलाई सम्बोधन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आजबाट हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।
मन्त्री पुनसँग हटलाइन नम्बर ११५१ र ०१–४२००६४१ र ४२ मा मध्यान्ह १२ बजेदेखि एक घण्टा कुराकानी गर्न सकिने छ । मन्त्रालय र मातहतका नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर सेवालाई प्रभावकारी बनाउन कार्यक्रम शुरु गर्न लागेको मन्त्री पुनको दावी छ ।
मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार विद्युतीकरणमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय सेवा विस्तार गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया