मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

सारांश

  • काठमाडौं ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण पेश गरेका छन् ।
  • यही असार १२ गते उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सात दिनको स्पष्टीकरण सोधेका थिए ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण पेश गरेका छन् ।

यही असार १२ गते उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, सामाजिक सञ्जालमा मन्त्री किरातीले गोप्य कुरा सार्वजनिक गरेको भन्दै महानिर्देशक अधिकारीले स्पष्टीकरण दिन अटेरी गरेका थिए ।

मन्त्री किरातीले बिहीबार पुनः उनलाई तीनदिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण नदिनुको कारण स्पष्ट रुपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ दिन आग्रह गरिएको थियो ।

महानिर्देशक अधिकारीले अन्तिम दिन आज स्पष्टीकरण बुझाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?