‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
३३ पटक हेरिएको
Shares
‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।
  • राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा आज सार्वजनिक गरेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा आज सार्वजनिक गरेको हो ।

मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी अधिकांश व्यक्तिले मूल्यवृद्धि अझै बढ्नसक्ने धारणा दिएका छन् । आगामी तीन महिना र एक वर्षभित्रको मूल्यवृद्धि अनुमान गर्न भनिएको प्रश्नावलीमा अधिकांशले मूल्य बढ्ने जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ । “८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्”, राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

आगामी दिनहरूमा गैरखाद्य सामग्रीको तुलनामा खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान यो सर्वेक्षणबाट गरिएको छ । “माछा, मासु, दूध, घ्यू तेल र होटल तथा रेस्टुराँबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको छ”, सर्वेक्षणमा भनिएको छ । गैरखाद्य वस्तु तथा घरजग्गा क्षेत्रमा भने अबको तीन महिनामा हुने मूल्य वृद्धिको अनुमान गत असोजमा गरिएको सर्वेक्षणको तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षपछिको मध्यक (मेडियन) अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । “तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ”, राष्ट्र बैंकको सर्वेक्षणमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतलहरबाट जनजीवन थप कष्टकर
शीतलहरबाट जनजीवन थप कष्टकर
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव
नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डा गोविन्द केसीको मुद्दाको बहस सकियो, फैसला आजै आउने
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज

वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?
धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह

गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो

तपाईंले छुटाउनुभयो कि?